Saturday, January 25, 2025

जनताको जीवनस्तर उकास्नमा सहकारीको महत्वपूर्ण भूमिका : मुख्यमत्री लालबहादुर राउत

पछिल्लाे समाचार


जनकपुरधाम, २६ पुष //
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ग्रामीण जनताको जीवनस्तर उउकास्नका साथै उनीहरुको जीवनशैली परिवर्तनमा पनि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

मुख्यमन्त्री राउतले राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै यस्तो बताएका हुन्।

सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी हुनुपर्नेमा उनले जोड दिए। अर्थतन्त्रको तीन खम्बामध्ये सहकारीलाई संविधानले पनि स्वीकार गरिरहेको जिकिर गर्दै उनले थोरै पूँजीलाई एकत्रित गरेर आमजनताले सहकारीमार्फत लाभान्वित भइरहेको बताए ।

सहकारी सम्बन्धी ऐन ल्याएर सरकारले आफ्नो तर्फबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको उद्घाटनसत्रमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैंक लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले सहकारीले समाजमा गर्नुपर्ने योगदान अझै गर्न नसकेको बताए ।

सो अवसरमा अध्यक्ष उप्रेतीले राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७७।०७८ आय व्यय विवरण प्रस्तुत गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु