पर्सा , १८ पुष //
चिसो र सितलहर बढेसँगै वीरगञ्ज महानगरपालिकाले न्यानो कपडा वितरण अभियानको सुरु गरेको छ ।
महानगरपालिकाले महानगरका विभिन्न वडामा रहेका ज्येष्ठ तथा गरिव र विपन्न नागरीकहरुलाई लक्षित गर्दै हरेक वर्षझैँ यस वर्षपनि चिसो बढेसँगै न्यानो कपडा वितरण अभियानको सुरु गरेको हो ।
माहानगरपालिकाको जनकल्याणकारी योजना अन्तर्गत माहानगरका ३२ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रति व्यक्ति एक पिस कम्बल, झुल, छाता र टर्च गरि करिब ६ हजार व्यक्तिलाई राहत उपलब्ध गराउने योजना रहेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।
महानगर प्रमुख सरावगीले अभियान अन्तर्गत शनिबार नयाँ वर्षका दिन वडा नम्बर १४ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा तथा अत्यावश्यक सामग्रीहरु वितरण गरेका थिए ।
बढ्दै गएको चिसो र शीतलहरबाट महानगरक्षेत्रका कोही पनि ज्येष्ठ नागरिक तथा विपन्न परिवारले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले न्यानो कपडा वितरण अभियान शुरु गरेको सरावगीले बताए