रौतहट ५ माघ । चन्द्रपुर ३ गैडाटारमा धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउने उदेश्यले भौतिक संरचनाहरु निमार्ण गर्न थालिएको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुर नपा ३ स्थित तिलेश्वर नाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वर नाथ पर्यटकिय क्षेत्र निर्माण गर्न लागिएको हो ।
करीव सात करोडको लागतमा सो स्थानमा नमुना पर्यटकिय स्थल निर्माणको काम सुरु भएको तिलेश्वर नाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले जनाएका छन ।
सो पार्क तथा पर्यटकिय स्थल २०८९ साल सम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीले जनाएका छन ।
स्विमिङ पुल , तिलेश्वर मन्दिर ,पिकनिक स्पोर्ट ,बाटो, बगैचा, फुलवारी , भ्यू टावर, नजिक रहेको चादी खोलामा झोलुङे पुल,साथै संग्रालय को निमार्ण संरचना पार्कमा निमार्ण हुने छ ।
बन बिभाग र बन उपभोक्ता समुहको आर्थिक सहयोगमा अहिले बाल उधान निमार्ण भइरहेको छ ।
सो सामुदायीक वनले चिडियाखाना बनाउने समेत योजना अगाडी बढाएको छ ।
अहिले सो पार्कमा चिल्ड्रेन पार्क , बालबालिकाहरुको लागी बाल उधान , फुलवारीहरु निमार्ण भएका छन ।
घुम्न आउनेहरुको लागी सुबिधा सम्पन्न खाजाघर, खानेपानी, बिजुलीबत्ति, बाटोहरु बनाइएको छ ।
सो स्थान लाइ जिल्लाकै उत्कृष्ठ पर्यटकिय गन्तव्यको रुपमा बिकासगर्न लागिएको तिलेश्वर नाथ सामुदायीक वन उपभोक्ता समितिका कोषाध्यक्ष भुनेश्वर गुरोले बताए ।
सो पर्यटकिय स्थल चन्द्रपुर चौक बाट करीव ४ किलोमिटर उत्तर गैडाटार टोल बाट थोरै पस्चिम तर्फ चादीखोला किनारमा निमार्ण भइरहेको छ । निमार्णकैै क्रममा त्यस स्थानमा घुम्न जाने, पिकनिक जानेहरु बढेका छन ।