Saturday, January 25, 2025

करिब १० लाख रुपैयाँ बराबरको भन्सार छलीका समान बरामद

पछिल्लाे समाचार


धनुषा , १ माघ //
जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका करिब १० लाख रुपैयाँ बराबरको समान धनुषा प्रहरीले बरामद गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित मालपोत कार्यालय आउने बाटोमा भारतबाट भन्सार छली ल्याएका साडी, उनि मोजा, टोपी, स्काप, बच्चाको सर्ट, ज्याकेट, मोटरसाईकल गरी २ लाख ४४ हजार ८८० बराबरको समानहरू वेवारिसे अवस्थामा बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

यस्तै शुक्रबार बिहान धनुषाको धनौजी गाउँपालिका १ स्थित सडक खण्डमा भारतबाट भन्सार छली ल्याएका पितल तथा स्टिलका भाडाकुडाहरू, सुती साडी, टावेल, लहंगा, सल, बच्चाको विभिन्न किसिमको कपडाहरू र मोटरसाईकल दुई वटा गरी ५ लाख ३२ हजार बराबरको समानहरू वेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद सामाग्री भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु