Saturday, January 25, 2025

ओमिक्रोनको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै वीरगञ्जमा थप कडाई ,माक्स नलगाउनेलाई सय रुपैंया जरिवाना

पछिल्लाे समाचार


पर्सा , ३० पुष //
कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै वीरगञ्जमा थप कडाई गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मास्कलाई अनिवार्य गर्दै नलगाउनेसंग जरिवाना लिन सुरु गरेको छ।

बढ्दो कोरोना संक्रमणको दरले अवस्था थप संवेदनशील बनाउँन लागेपछि सार्वजनिकस्थल र बजारमा आजदेखि मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मास्क नलगाएको कारण हालसम्म १ सयभन्दा बढी व्यक्तिसँग सय रुपैयाँको दरले जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय कोरोनाको जोखिमलाई हेलचेक्रयाईं गरि मास्क नलगाई हिँडडुल गर्नेको संख्या बढ्दै गएपछि प्रशासनले उक्त नियम लागु गरेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

साथै, पसल तथा व्यवसाय सञ्चालकलाई समेत सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु