बिरगज ३ माघ । उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगजका न्यायाधीश, रजिष्टार र कर्मचारी गरी २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण संक्रमण पुष्टि भएका ३६ जनामध्ये उच्च अदालत इजलासका मात्रै २३ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जनाएका छन ।
अदालतका एकन्यायाधीश, रजिष्टार, उपरजिष्टार, कर्मचारीसहित गरी २३ जना संक्रमण भएको छ ।