सप्तरी , २७ पुष //
सप्तरीको रुपनी गाउँपालिका ६ तेरहोता स्थित विशाल इटा भट्टामा इटा खस्दा एक महिलाको मृत्युु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका वडा नं. ६ की ५० वर्षीया जतरि देवि सरदार रहेकी छिन।
विशाल इटा उघोगमा काम गर्ने क्रममा काचो इटा अचानक खस्दा तीन जना घाइते भएकोमा सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार सो घटनामा अग्निसाइर कृष्णाशवरण गाउँपालिका वडा नं. ४ का ५० वर्षीय मगल सदा र भारतको मभुवनि निवासी ४० वर्षीय रमेश कुमार लोउदी गम्भीर घाइते भएका हुन्।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।