जनकपुरधाम , ११ माघ //
पछिल्लो ६ महिनाको अवधिमा मधेस प्रदेशमा २ हजार ८ सय ५९ वटा सवारी दुर्घटना भएको छ ।
सवारी दुर्घटनामा परी २ सय ९२ जनाले ज्यान गुमाएका छन् । मधेस प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मृतक २ सय ९२ मध्ये २ सय ५२ पुरुष र ४७ जना महिला रहेका छन्।
सोही अवधिमा दुर्घटनामा परेर ४ हजार २ सय ३८ जना घाइते भएका छन्। घाइतेमध्ये ८ सय ८० जना महिला छन् भने ३ हजार ३ सय ५८ जना पुरुष छन् ।
यस ६ महिनाको अवधिमा १ लाख ३६ हजार ४ वटा गाडीलाई कारवाही गर्दा ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।