रौतहट माघ । गढीमाई नगरपालिका वडा नं – २ समनपुरमा सोमवार नेपाली काग्रेस सस्थापन पक्षका नेताहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यकता भेटघाट कार्यक्रममा वडा सभापति नेक मोहम्मदको सभापतित्वमा ,प्रदेश (ख) सभापति पुनित सहनी, गढीमाइका मेयर श्याम यादव, काग्रेसका महासमिति सदस्य श्यामपरि देवी पासवान, वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र राम विनय यादव, गढीमाई -१ का सभापति मनोज यादव, युवा नेता रबिनचन्द्र कोइराला , श्यामहरी चौलागाईं, अखिलेष तिवारी लगायतका नेता हरु भेटघाटमा सहभागी थिए ।
यसअघि काग्रेसका सस्थापन पक्षका नेताहरुले चन्द्रपुर नपा १ र २ वडाका अगुवा नेता कार्यकर्ताहरु संग समेत भेटघाट र छलफल गरेका छन ।