Thursday, January 23, 2025

रौतहटमा बाघ गणना शुरु

पछिल्लाे समाचार


रौतहट, ११ माघ //
रौतहट जिल्लामा यश बर्षपनि बाघ गणना शुरु भएको छ । बाघ गणनाका लागि बनका विभिन्न स्थानहरुमा क्यामरा राखिएको छ ।
राष्ट्रिय बाघ सर्वेक्षण २०७८, कार्यक्रम अनुसार चितवन पर्सा कम्पलेक्स अन्तर्गत तेश्रो ब्लकमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्र, डिभिजन वन कार्यालयहरु पर्सा, बारा, मकवानपुर र रौतहटको बन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको हो ।
जिल्लामा यहि माघ ४ गते देखी शुरु भई १५ दिनसम्म रौतहटको बनमा क्यामरा संचालन हुने बन कार्यालयले जनाएको छ ।
बाघ गणनाका लागि ठाउँ ठाउमा क्यामराहरु जडान भएको हुदा सो क्यामरा नचलाउन आग्रह गरिएको छ ।
गत बर्ष पनि रौतहटको बनमा क्यामरा जडान गरि बाघ को गणना गरिएको थियो । रौतहटमा ४ वटा वस्यक बाघ भेटीएको थियो ।
गतआवमा पनि बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका बनक्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएकाे थियो । यस बर्ष पनि बाघ को आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको रौतहटका डिएफओ अमरदेव यादवले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु