Friday, January 24, 2025

रौतहटमा नो खोप कार्ड नो सर्भिस ,नो मास्क नो इन्ट्री व्यवस्था लागू

पछिल्लाे समाचार


रौतहट , १२ माघ //
ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले कोभिड १९ को नंया भेरीएन्ट ओमिक्रोन संक्रमण नियन्त्रण गर्न नो खोप कार्ड नो सर्भिस व्यवस्था लागू गरेको छ ।
बढ्दै गएको ओमिक्रोन संक्रमण नियन्त्रण गर्न यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा नो मास्क नो इन्ट्री कार्यक्रम लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहट जान नो खोप कार्ड नो सर्भिस व्यवस्था लागू गरेको छ ।प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख गणेश नेपालीले बताए ।
कार्यालयमा आउने सेवाग्राहीलाई मुख्यद्वारमै स्वास्थ्यकर्मीले खोप कार्ड रहे÷नरहेको सोधपुछ गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्रामाणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने व्यबस्था गरिएको छ।

यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले अहिले कार्यालयमै खोपको व्यवस्था गरी सेवा दिन थालेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु