पर्सा , १ माघ //
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवागुठीमा मास्क सम्बन्धी जनचेतना जगाउँदै निःशूल्क मास्क वितरण गरिएको छ ।
सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट अमरपट्टी र प्रहरी चौकी अमरपट्टीको सयुक्त आयोजनामामास्क वितरण गरिएको हो । बढ्दै गरेको जोखिमपुर्ण अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क वितरण गरिएको सशस्त्र प्रहरी निरिक्षक होम खत्रीले जानकारी दिए ।
माक्सको प्रयोग गर्न प्रोत्साहन गर्नका लागि विन्दवासिनी गाँऊपालिकाको सहयोगमा माक्स वितरण गरिएको प्रहरी चौकी अमरपट्टीले जनाएको छ।
जिल्ला सदरमुकाम वीरगञ्जमा माक्सको प्रयोग भएपनि ग्रामिण क्षेत्रमा अँझै पनि अधिकांशले माक्स नलगाएको पाईन्छ । जनचेतनाको अभावमा माक्स नलगाउदा संक्रमण बढ्ने जोखिम रहेको छ ।
कोरोना संक्रमण फैलिन नदिन घर बाहिर निस्कदा माक्स प्रयोग गर्न तथा खोप नलगाएका सबैलाई खोप लगाउन आग्रह समेत गरिएको सशस्त्र प्रहरी निरिक्षक खत्रीले बताए।