सिरहा , २ माघ //
सिरहाबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहारको बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादव रहेका छन्।
उनलाई जिल्लाको गोलबजार नगरपालिका ६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नोटसहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जानकारी दिएको छ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।