Saturday, January 25, 2025

जाडोका कारण रौतहटका ५ विद्यालय बन्द

पछिल्लाे समाचार


रौतहट , २० पुष //
बढ्दै गएको चिसो तथा शीतलहरका कारण जिल्लाको सामुदायिक तथा निजि विद्यालयहरु धमाधम बन्द भएको छ।
बिहीबार परेको वर्षाको कारण चिसो बढ्दै गएपछि रौतहटका ५ नगरपालिकाले आफ्नो नगर क्षत्रको विद्यालयहरु मा बिदा दिएका छन्।
अत्याधिक जाडो बढ्दै गएपछि जिल्लाको कटहरिया , इशनाथ ,बैधिमाई ,राजपुर र वृन्दावन नगरपालिकाले आफ्नो नगर क्षत्रको विद्यालयहरु एकसाताको लागि बन्द गरेको हो।
जाडो बढेपछि पुस २५ गते सम्मको लागि विद्यालय बन्द गरिएको रौतहटको कटहरिया नगरपालिकाले जनाएको छ ।
कतहरियाका नगर प्रमुख शियाराम कुस्वाहले सुचना जारी गर्दै पुस २५ गते सम्मको लागि नगरका सबै विद्यालय बन्द गरिएको जनाइएको छ।
यस्तै वृन्दावन नगरपालिकाले वर्षाका कारण जाडो बढ्दै गएको बताउदै आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयहरु २६ गते सम्म बन्द गरिएको जानकारी दिएको छ।
त्यसैगरि राजपुर नगरपालिकाले २१ गते सम्म आफ्नो नगर क्षत्रको विद्यालय बन्द गरिएको बताइएको छ।

जाडोका कारण विद्यार्थी कम मात्रमा विद्यालय आउन थालेको जनज्योती माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका प्रध्यापक शंखर भट्टराईले जानकारी दिए ।

शितलहरका कारण विद्यार्थी विद्यालय आउने अवस्था नरहेपछि रौतहटका विद्यालयहरुमा विदा दिन थालिएको शिक्षा समन्वय इकाई रौतहटका प्रमुख राम बिनय सिंहले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु