जनकपुरधाम , १२ माघ //
जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरमा प्रर्दशन गरेको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले प्रर्दशनका क्रममा सर्लाहीको हरिवन नगरपालिकाका मेयरको गाडी तोडफोड समेत गरेका छन्।
धनुषाको जनकपुरमा राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन जादै गर्दा जनकपुरमा मेयर गणेश प्रसाई चढेको प्रदेश २–०३ ००१झ ००२० नम्बरको गाडी तोडफोड गरिएको हो। गाडीमा ढुङ्गा प्रहार भए पछि मेयर प्रसाईलाई समेत चोट लागेको छ ।
जनमत पार्टीले किसानहरुलाई बिउबिजन, मलखाद तथा आवश्यक सामग्रीहरु सहजरुपमा वितरण गर्नु पर्ने तथा किसानले भोग्दै आएका समस्याहरु समाधानका लागी सरकारले तत्काल पहल गर्नुपर्ने माँग राख्दै मधेश प्रदेशको राजधानि जनकपुरमा आज बिहानै देखी प्रदर्शन गरिरहेका छन्।
आज भइरहेको राष्ट्रिय सभाको निर्वाचन मतदान स्थलमा समेत प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ। प्रहरीले भिड नियन्त्रण गर्न पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
सरकारले किसानको समस्याहरु समाधान गर्नु पर्ने माँग राख्दै जनमत पार्टीले प्रदेश २ का जिल्लाहरुमा कार्यक्रम गर्दै आएका छन्।