रौतहट ३ माघ / नेकपा एमाले रौतहटको ९ औं जिल्ला अधिवेशनबाट १ सय ३५ सदस्यिय कमिटी गठन भएको छ ।
आइतवार सम्पन्न अधिवेशनमा अध्यक्ष मा त्रिभुवन साह,उपाध्यक्षमा दिपक यादब, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी , उपसचिवमा रुपेश पटेल सहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ।
यता एमालेका नेता तुलसी राज गिरीले एक सुचना जारी गर्दै अधिवेशनको हल ले अनुमोदन नगरी अध्यक्ष मण्डल बाट घोषित एकलौटी जिल्ला कमिटी अवैध रहेको भन्दै सोमवार पार्टी कार्यालय गरुडामा प्रतिनिधि, पर्यवेक्षकहरु लाई भेला हुन भनिएको छ ।