Wednesday, January 22, 2025

आउने चुनावमा मेयरका आँकाक्षी उपमेयरहरु

पछिल्लाे समाचार

रौतहट ४ माघ / रौतहटको केही नपाको आउदो स्थानिय तहको चुनावमा मेयर पदमा उठ्ने अहिलेका उपमेयरहरुले योजना बनाउन थालेका छन ।
गौर नगरपालिका उपप्रमुख किरण ठाकुर जनता समाजवादी पार्टी की केन्द्रीय सदस्य हुन उनी पार्टीको काममा आजभोली बढी सक्रिय छिन् ।
कार्यकर्ता र पार्टीबाट समर्थन र हौसला पाएपछि उनी आगामी स्थानीय तहको चुनावमा गौर नपामा नगर प्रमुख पदमा लड्ने तयारीमा लागेकी छिन ।
‘अब पालो हाम्रो हो । हामीले ५ वर्षसम्म मेयरको चेपुवामा परेर काम गर्‍यौं,’ उनले भनिन्, ‘कार्यकर्ताले अहिले हामीलाई जसरी पनि अघि बढ्नुस् भनेर हौसला दिइरहेका छन् । अबको चुनावलाई अवसरका रूपमा लिएकी छु ।’ उपमेयर ठाकुरले भनिन ।
गरुडा नगरपालिकाकी उपप्रमुख रंगिलादेवी जैसवालको सक्रियता पनि कम छैन । उनी पछिल्लो समय गाउँगाउँ पुगेर मतदाताको साथ र समर्थन खोजिरहेकी छन् । नेपाली कांग्रेसबाट उपप्रमुखमा चुनाव जितेकी जैसवाल अब प्रमुख बन्ने सोचमा छिन ।
जनताको साथ र सहयोग लिँदै अघि बढेको छु । म चुनाव जितेर देखाउँछु,’ उनले भनिन् ।आउँदो चुनाव हाम्रा लागि अवसर पनि हो ।’
कटहरिया नगरपालिकाकी उपप्रमुख नूरजहा खातुनले पनि पार्टीले पनि आफूलाई नै आउने चुनावमा मेयरको टिकट दिनेमा उनी विश्वस्त छिन् । उनले भनिन्, ‘जनताको सेवा गर्ने अवसर आउँदै छ ।
राजदेवी नगरपालिकाकी उपप्रमुख अन्शु सिंह पनि आगामी निर्वाचनमा प्रमुख पदको आकांक्षी छिन् । ‘समयले कस्तो अवस्था बनाउँछ हेरौं,’ उनले भनिन्, ‘तयारी गर्दै छु । जनताले चाहे नहुने कुरा छैन ।’
रौतहटमा १८ स्थानीय तह छन् । १७ स्थानीय तहको मेयरमा पुरुष छन् । जिल्लाको मौलापुर नगरपालिकामा मात्रै महिला मेयर छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु