पर्सा , २७ मंसिर //
१६ वर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत जम्मु कश्मीर चट्टा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिँह रहेका छन्।
किशोरीलाई ललाई पकाई, विवाह गर्ने प्रलोभन देखाएर दबाबमा पारी पटक पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख ओमप्रकाश खनालले बताएका छन्।
उनका अनुसार यही मंसिर २४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित आफ्नै कोठामा लिएर जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले सिँहलाई पक्राउ गरेको हो
सिँहलाई जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता खनालले जानकारी दिएका छन्।