सर्लाही , २७ मंसिर //
सर्लाहीबाट सशस्त्र प्रहरीले एक सय ६८ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ।
नेपालबाट भारततर्फ निर्यात गर्नका लागि लुकाइ राखेको अवस्थामा मलंगवा नगरपालिका वडा नं. ८ बाट प्लाष्टिकको ६ ओटा बोरामा लुकाई राखेको एक सय ६८ किलो लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गणले जनाएको छ।
लागुऔषध गाँजा कसले र कहाँबाट ल्याएको हो त्यो खुल्न नसकेको र यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
तयारी अवस्थामा राखिएको गाँजा प्रहरीको आँखा छलेर भारत तर्फ निर्यात गर्न सीमा नजिकैको टोलमा राखेको अवस्थामा फेला परेको हो । तस्करको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।