रौतहट १२ पुस । सन्तपुरको एकीकृत नमुना मुसहर बस्तिमा बालबालिकाहरु लाई कपडा सहयोग गरिएको छ ।
रौतहट काठमाण्डौ सेवा समाज ले ४ र ५ बर्ष उमेरका ३१ जना बालबालिकाहरु लाई जाडोमा लगाउने टोपी, ट्याकसुट सहयोग गरेको हो ।
समाजका महासचिव बिजय अधिकारी ले सोमवार बिहान बस्ती पुगेर कपडा सहयोग गरेका छन ।
जाडोमा बालबालिका लाई कपडा सहयोग गरेकोमा सो नमुना बस्तिका अध्यक्ष सत्य नारायण माझी ले धन्यवाद दिएका छन ।
२०७४ सालमा धुर्मुस सुन्तली फाउन्डेसनले चन्द्रपुर नपा ८ सन्तपुर मा नमुनाबस्ति निर्माण गरेको थियो । घर भएपनि रोजगारी नहुदा गरीवीले उनीहरु पिडित छन । अधिकास मजदुरी गरेर जीवनयापन गरेपनि सधै काम पाउने गरेका छैन ।