Wednesday, January 22, 2025

लागुऔषध ओसारपोसार आरोपमा दुई युवक पक्राउ

पछिल्लाे समाचार


वीरगञ्ज , २० मंसिर //
वीरगञ्जबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) ओसारपोसारको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १० घडिअर्वा निवासी २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली निवासी २१ वर्षीय सहजाद मन्सुरी रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मनवास्थित राजु डिजल ग्यारेजबाट मोटरसाइकल ट्यांकीमा लुकाईछिपाई लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ग्यारेजमा मर्मत गर्न लागिएको ना. ५६ प ५४१७ नम्बरको सेतो एनएस पल्सर मोटरसाईकलको ट्यांकी जाँच ट्यांकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा ३.५ ग्राम लागूऔषध ब्राउन सुगरसहित ठाकुर पक्राउ परेका थिए।

ठाकुरलाई पक्राउ गरे पश्चात अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध कारोबारमा मन्सुरीसमेत संलग्न रहेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका दुवैलाई लागूऔषधसम्बन्धि मुद्दा चलाई अनुसन्धान प्रक्रिया अगाडी बढाएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु