Wednesday, January 22, 2025

रौतहटको वन अतिक्रमण ,सम्बन्धित निकाय मौन

पछिल्लाे समाचार


रौतहट , २० मङ्सिर //
रौतहटको वन अतिक्रमण तिब्र रुपमा बढ्दै जान थालेको छ ।

जिल्लाको विभिन्न वन क्षेत्रमा वन अतिक्रमण भएपनि सम्बन्धीत निकायले त्यस तर्फ चासो नदिएको स्थानीयको भनाइ छ ।
जिल्लाको बृन्दावन नगरपालिका वडा नं–१ को बलेरीमा जंगल अतिक्रण गरेर घर बनाउने बढ्दै गएको छ । केही बर्ष पहिला सुकुम्बासीको नाममा जंगल फंडानी गरेर भोटे टोल स्थापना भएको र पछिल्लो समय सोही टोलमा वन मासेर घर टहरा बनाउने क्रम बढ्दै गएको हो ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतको बलेरीमा रहेको वन कार्यलयका कर्मचारीको मिलेमतोमा वन मासेर घर टहरा बनाउने क्रम बढदै जान थालेको स्थानीयको आरोप छ।

केही समय पहिला डिभिजन वन कार्यालयले नर्सरी बनाएर बृक्षरोपण गरेको स्थानमा धमाधम घर बनाउँदा समेत सम्बन्धीत निकायले कुनै चासो देखेका छैनन्। बलेरीमा मात्र नभएर अन्य स्थानमा समेत सुकुम्बासीको नाममा बिभिन्न स्थानमा जग्गा जमिन भएकाहरुले पनि वनको जग्गामा घर टहरा बनाइरहेका छन्।

वन अतिक्रमण किन रोकिएन भनेर डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख अमरदेव यादवसंग बुझन खोज्दा उहांसंग फोन सम्पर्क हुन सकेन । राजनितिक दलको संरक्षणका कारण अतिक्रमण वनको जमिन खाली गराउन समस्या भएको वन कार्यालय स्रोतबाट बुझिएको छ ।

बलेरीमा भएको वन अतिक्रमणको जग्गा खाली गराउन डिभिजन वन कार्यालयले कयौं पटक प्रयास गरेको र राजनितिक दलको संरक्षणका कारण वन कार्यालयको प्रयास असफल हुने गरेको स्रोतले जनाएको छ ।

भिडिजन वन कार्यालयको मौनताका कारण बलेरीमा वन फंडानी गरेर यस वर्ष मात्र एक दर्जन भन्दा बढी नयाँ घर निर्माण भएको छ । वन फडानी गरेर बस्नेहरुको मुख्य पेशानै काठ तस्करी हुन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु