Friday, January 24, 2025

रौतहट ४ मा काँग्रेसको सभापती पदको मतगणना हुँदै, दुवै बिच कडा प्रतिष्पर्धा

पछिल्लाे समाचार

रौतहट , १६ मंसिर //
नेपाली काङ्ग्रेस रौतहट क्षेत्र न ४ को सभापति पदमा राम स्नेही यादव र प्रेम शंकर यादव उम्मेद्वार छन ।
बिहिवार बिहान देखि बृन्दावन नगरपालिका वडा न ६ स्थित श्री बतहु माध्यमिक विद्यालयको प्राङ्गणमा क्षेत्रीय सभापति चयन गर्न का लागि मतगणना भैरहेको छ ।
बिहान १० बजे सम्म दुवै जना सभापती पदका उम्मेद्वार को मत बराबरी जस्तै छ । रामस्नेही यादव को १ सय ५२ र प्रेम शंकर यादवको १ सय ४५ मत रहेको छ ।
सो क्षेत्रमा ४ सय ९३ जना प्रतिनिधिहरु रहेका छन । बुधवार अवेर सम्म मतदान भएको थियो ।
क्षेत्रिय सभापति का उम्मेदवार बृन्दावन नगरपालिकाका नगर प्रमुख समेत रहेका राम स्नेही राय यादव रौतहट क्षेत्र न ४ का सासद देव प्रसाद तिमल्सिना निकट हुन भने अर्का सभापति का उम्मेदवार प्रेम शंकर यादव नेपाली काङ्ग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादव निकट मानिन्छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु