सिरहा , २६ मंसिर //
सिरहाको मिर्चैयामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।
सो पार्टीले नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
सयौंको संख्यामा आएका नेता कार्यकर्ताले भ्रष्टाचारी मेयर मुदार्बाद, अख्तियार होसियार लगायतका नारासहित मिर्चैयाको विभिन्न भागमा परिक्रमा गरी प्रदर्शन गरेका थिए ।
नगरपालिकाका मेयर श्रवण कुमार यादवले भ्रष्टाचार गरेको को उनीहरुको आरोप छ ।नगरपालिकामा मनपर्दी भ्रष्टाचार भइरहे पनि अख्तियार सेटिंङमा चुप लागेर बसिरहेको भन्दै छानविन र कारवाहीको माग गरेका छन्। जनमत पार्टीले कारवाही नभए जनकारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
यता, उनीहरुले प्रदर्शन सकाएर नगरपालिका अगाडि कोणसभा गरिरहँदा कार्यक्रम बिथोल्ने प्रयास भएको बताइएको छ ।कोणसभा चलिरहेकै बेला कार्यक्रम स्थलमा नगरपालिकाको एक्साभेटर राखेर कार्यक्रम बिथोल्ने प्रयास गरेको जनाइएको ।
यसैबिच जनमत पार्टीका नेता कार्यकर्ता र नगरपालिकाका कर्मचारी हरु बीच भएका केहिबेर घम्साघम्सी भएको थियो ।