मुकेश कुमार साह,रौतहट २४ मंसिर ।रौतहटको माधव नारायण नगरपालिका वडा न ४ मा रहेको श्री मा.वी बिष्णुपुर्वा मानपुरमा ब्यवस्थापन समितिको चुनाव सम्पन्न भएको छ । चुनावमा नेकपा र कांग्रेसको संयुक्त प्यानललाई हराउदै जनता समाजबादी प्यानल झिनो मतले बिजयी भएको हो । लामो समयको विवादपछि चुनावबाट सहमति खोज्ने निर्णयपछि चुनाव भएको थियो । जसमा नेकपा र कांग्रेसको संयुक्त प्यानलका अध्यक्ष पदका दाबेदार रामबाबु मुखियाका टिमलाई हराउदै जसपाका बिशाल भण्डारीको टिम बिजयी भएका हुन । बिद्यालयमा भएको चुनावमा जसपाबाट उम्मेद्वारी दिएका भण्डारीले १६६ मत प्राप्त गरेका थिए भने नेकपा र कांग्रेसबाट उम्मेद्वारी दिएका मुखियाले १४५ मत प्राप्त गरेका थिए। भण्डारीले २१ मत बढी प्राप्त गरि स्कुलको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएको हो ।
निवार्चित अध्यक्ष भण्डारीले बिद्यालयको गुणस्तरीय शिक्षाका लागी अहम भुमिका खेल्ने बिश्वास प्रतिबद्धता जनाउनु भएको छ । बिहान ११ बजे देखि भएको निर्वाचन २ बजे सकेको थियो भने मत परिणामको जानकारी साझ ६.३० बजे गराईएको थियो । गत साउनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनको विषयमा दोहोरो झडपहुँदा १३ जना घाइते भएका थिए ।