Thursday, January 23, 2025

भरत तालमा पर्यटकको भिड

पछिल्लाे समाचार

सर्लाही , ६ पुष //
सर्लाहीको बागमती नदीछेउमै १ सय २१ बिघा क्षेत्रफल निर्माण गरिएको कृत्रिम पोखरी पछिल्लो समय निकै चर्चित बनेको छ।
ठुलो पोखरीको पानी, नजिकै देखिने चुरे शृंखलाको दृश्य, पोखरीको एकातिरबाट बगिरहेको बागमती सबै आकर्षित बनेका छन्।
पोखरीमा सञ्चालन भएका मोटरबोट र मिनी क्रुजले भ्रमणलाई झनै आनन्दित बनाएको पोखरी हेर्न आउने पर्यटकहरू बताउछन।
तालको चारैतिर फलामे रेलिङ लगाइएको छ भने भर्खरै लगाइएका बोटबिरुवाले पोखरी थप सुन्दर बनेको छ ।
सो पोखरी हेर्न छिमेकी मुुलुक भारतबाट समेत पर्यटक आउन थालेका छन् । शनिबार तथा सार्वजनिक बिदाको दिन यहाँ थप घुइँचो बढ्दछ।
पारिवारिक जमघट गर्नेहरू , फुर्सदमा घुमफिर गर्न समेत सो पोखरीमा आउन थालेको मोटरबोट सञ्चालन गर्ने बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काको भनाइ छ ।

यहाँ रहेका राइनोज, फिस्टेल जेटबोट, मोटर बोट, मिनी क्रुज शयर प्रमुख आकर्षण बन्ने गरेका छन् ।
स्थानीय, संघीय र प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको पोखरीमा हालसम्म ६५ करोड लागत भइसकेको नगरपालिकाले जनाएको छ ।
पोखरीआसपासमा ३० वटा पिकनिक स्पोर्ट , ५०को हाराहारीमा प्रतीक्षालय निर्माण हुदैछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु