Thursday, January 23, 2025

प्रदेश २ को बजेट खर्च कछुवा गतिमा

पछिल्लाे समाचार


जनकपुरधाम , २६ मंसिर //
प्रदेश २ सरकारले चालु आर्थिक वर्षको ४ महिनामा कुल १० प्रतिशत बजेट खर्च गरेको छ।

असारमा एकै दिनमा करोडौँ बजेट खर्च गर्ने प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिनामा २ प्रतिशत मात्र पुँजिगत बजेट खर्च गर्न सकेको छ ।
चार महिनामा चालूतर्फ ८ प्रतिशत र पूँजिगततर्फ २ प्रतिशत बजेट खर्च भएको प्रदेशका आर्थिक मन्त्री शैलेन्द्र साहले बताएका छन्।
शनिबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, सप्तरीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री साहले बजेट कम खर्च भएको सन्दर्भमा सचिवसँग बुझ्दा कर्मचारीको अभाव देखाइएको बताए ।

उनका अनुसार कर्मचारी अभावकै कारण बजेट खर्च गर्न नसकिएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु