Friday, January 31, 2025

प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

पछिल्लाे समाचार


जनकपुरधाम , २९ मंसिर //
सामाजिक विकास मन्त्री नवल किशोर साहले दुईवटा अध्यादेश प्रदेश २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरेका छन् ।
उनले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गरेका हुन् ।
अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले पुस ८ गते बिहिवार दिनको १ बजेसम्मको लागि स्थगित गरेका हुन् ।
सुरुमा प्रमुख प्रतिपक्षी दल लोसपाले अध्यादेश पेश गर्न नदिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी रहेको प्रस्तावलाई हटाइएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु