रौतहट ९,पुस । नेपाली कांग्रेसको प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।
उनी १४१ भोटले विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोजय यादवलाई पराजित गर्दै विजयी भएका हुन् । शेरबहादुर देउवा पक्षका कृष्ण यादव ९ सय ९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् ।
३० मत बदर भएको छ । कृष्ण पार्टी रौतहटका सभापति हुन् भने रामसरोज काँग्रेप प्रदेश २ संसदीय दलका नेता तथा भोतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।
रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवको मात्र देउवाको सहयोग थियो ।
जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो ।