जनकपुरधाम, २० मंसिर //
प्रदेश २ का कानुन व्यवसायीहरू गोलाप्रथाबाट पेशी तोक्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रेका छन् ।
आइतबार जनकपुरधाममा प्रदेशभरिका बार एसोसिएसनका पदाधिकारीहरूको बसेको बैठकले सोमबारदेखि बहस नगर्ने निर्णय गरेको हो ।
नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष अधिवक्ता किशोरी साहको अध्यक्षतामा सम्पन्न भएको बैठकले गोलाप्रथाबाट पेशी नभएसम्म आगामी शुक्रबारसम्म बहस नगर्ने निर्णय गरेको बताएको छ ।
उनले उच्च अदालतसहित जिल्ला अदालतको मुद्दाको पेशी गोलाप्रथाबाट हुनुपर्ने माग गरेका छन् ।
बार एसोसिएसनले शुक्रबारसम्म पनि गोलाप्रथाले पेशी नतोकेको खण्डमा थप आन्दोलनका कार्यक्रमहरू तय गरिने जनाएको छ ।