पर्सा , ४ मंसिर //
लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद रमेश प्रसाद कुर्मीले मदरसामा अध्ययनरत विदयार्थीलाई कपडा बितरण गरेका छन् ।
चिसो बढे सँगै प्रदेश सांसद कुर्मीले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १ सिसोबारिमा रहेको मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई कपडा बितरण गरेका हुन् ।
मदरसामा अध्यनरत करिब २ सय जना बालबालिकालाई आफनो संसदीय कोषबाट चिसोमा लगाउने न्यानो ज्याकेट बितरण गरिएको प्रदेश सभा सदस्य कुर्मीले बताए ।
चिसो तथा शितलहरबाट बढी प्रभावित हुने बालबालिकालाई थोरै भएपनि न्यानो होस् भन्ने अभिप्रायले ज्याकेट वितरण गरिएको उनको भनाई छ।
चिसोका कारण निमोनिया, रुघाखोकी जस्ता रोग लाग्ने सम्भावना बढी हुने भएकाले ज्याकेटले न्यानो बनाउँदा उक्त जोखिम कम हुने मदरसाका प्रधानाध्यापक मौलाना साबिर साहेबले बताए ।
कार्यक्रममा लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झा, नगर उपाध्यक्ष सेख फिरोज, केन्द्रिय सदस्य रम्भा मिश्र लगायतको सहभागिता रहेको थियो ।