सर्लाही , २२ मंसिर //
पैदल यात्रीलाई ठक्कर दिई फरार बलेरो मंगलबार दिउँसो सर्लाहीको कविलासी नगरपालिकाको गैरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग २ च ४३८० नम्वरको बोलेरोले सोमबार साँझ बागमती नगरपालिका–१, डुमाजोर शैलुङ डाँडाका ५७ वर्षीय ज्याम्याङ वाईबालाई ठक्कर दिएको थियो।
बोलेरोले ठक्कर दिंदा वाइबा घम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि नमूना अस्पताल हरिवन ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
सीसी टिभी फूटेजको रेकर्डका आधारमा निरन्तर खोजी गरी दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिएका छन् ।