Wednesday, January 22, 2025

नेपालमा दुई जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

पछिल्लाे समाचार


रौतहट , २० मंसिर //
नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो।
गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ‘ओमिक्रोन’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिएका छन्।
दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको उनले बताए।
पीसीआर नेगेटिभ रहेको रिपोर्ट र पूर्ण मात्रा खोप लगाएको प्रमाणसहित आएका ती विदेशी नागरिक र उनीसँग सम्पर्कमा पुगेका अर्का व्यक्तिलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा आइतवार राति ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएकाले अब कोरोना पुष्टि हुनेहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन थालेको भन्दै मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना गर्न तथा खोप नलगाएकाहरूले नजिकको खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु