Wednesday, January 22, 2025

चिसो कै चिन्ता

पछिल्लाे समाचार

रौतहट ५ पुस / शीतलहरसँगै रौतहट तथा आसपासका जिल्लाहरुमा चिसो बढ्दै गएको छ ।
चिसो बढ्दै गएसँगै जनजीवन प्रभावित हुँदै आएको छ ।
शितलहर सुरु भएसँगै हुस्सु लाग्न थालेको छ ।
अत्यधिक चिसोका कारण बिहान बेलुका बजारहरुमा मानिसको चहलपहलमा कमि आउन थालेको छ ।
चिसोका कारण सबैभन्दा बढी प्रभावित बालबालिका र बृद्धबृद्धा हुने गरेका छन् । चिसो मौसममा बिहानै स्कुल कलेज जाने बिधार्थीहरु पिडित हुने गरेका छन।
चिसो बढ्दै जाँदा रुघाखोकी र ज्वरोका बिरामीहरु बढ्न सक्ने भएकाले ध्यान दिन चन्द्रपुर अस्पतालका डा.सुभाष चौधरीले सुझाव दिएका छन ।
जिल्लाको गरीव बस्ति तथा दलित बस्तिका बासिन्दाहरु न्यानो कपडा तथा ओड्ने ओछ्याउने नहुदा समेत पिडित छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु