जनकपुरधाम , २८ मंसिर //
कोरोना विरुद्धको भ्याक्सिन विक्रि गर्ने दुई जना स्वास्थ्यकर्मीलाई जनकपुरधामबाट अख्तियारले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा महोत्तरीको महोत्तरी गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ तहका हेल्थ एसिस्टेन्ट अजकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटेको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो।
नेपाल सरकारले निःशुल्क दिँदै आइरहेको कोरोना विरुद्धको भ्याक्सिन १५ हजार रुपैयाँसम्ममा विक्रि गरिरहेको सूचनाको आधारमा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जनकपुरधामस्थित बसपार्कबाट ३ थान भ्याक्सिनसहित उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ।