Friday, January 31, 2025

काँग्रेस सर्लाहीको निर्वाचन अधिकृत राउत पनि काठमाण्डौं फर्किए

पछिल्लाे समाचार


सर्लाही , १७ मंसिर //
काँग्रेसको अधिवेशन गराउन सर्लाहीमा खटाइएका तेस्रो निर्वाचन अधिकृत भरत राउत पनि काठमाण्डौं फर्किएका छन् ।
पार्टीकै दुई समूहबीच पटक–पटक भएको विवाद र झडपपछि बल्लतल्ल अधिकांश वडाहरुमा अधिवेशन गराएका निर्वाचन अधिकृत राउत बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार दिउँसो काठमाण्डौं फर्किएका हुन् ।

निर्वाचन अधिकृत राउतले आफू बिहीबार अपरान्ह काठमाण्डौं पुगिसकेको बताए।

दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि दुई जना निर्वाचन अधिकृत सर्लाहीबाट फिर्ता भएका थिए ।
निर्वाचन अधिकृत फर्किएपछि आजको लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा अधिवेशन अन्यौलमा परेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु