रौतहट , २५ मंसिर//
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने पहिलो पहिलो हुन् ।
परिवर्तन न्याय र समानताका लागि आफुले उम्मेदवारी दर्ता गरेको उनले बताए । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । उनले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन्।