Friday, January 24, 2025

ओमिक्रोनको जोखिम बढेकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

पछिल्लाे समाचार


रौतहट , १६ मंसिर //
सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै सबैलाई सचेत गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो एक विज्ञाप्ती जारी गर्दै ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले विज्ञप्ती जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेका हुन् ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको डा.अधिकारीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु