रौतहट , २६ मंसिर //
नेकपा एमालेको आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले सवै प्रदेशमा नेतृत्व परिवर्तन गरेको छ ।
प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामालाई चयन गरेको छ भने प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डा. कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव चयन गरिएको छ।
यसैगरी बैठकबाट बागमति प्रदेश अध्यक्षमा केशव पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा बिजय सुवेदी, उपसचिवमा रत्न गुरुङ र महेश बर्ताैला चयन भएका छन्।
यस्तै गण्डकी प्रदेशमा अध्यक्ष नवराज शर्मा , उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र दुई उपसचिवमा क्रमशः मञ्जु अधिकारी र रश्मी आचार्य चयन भएका छन् ।
लुम्बिनी प्रदेशमा अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिव लीला राना र दुर्गा थारु चयन भएका छन् ।
यसैगरी कर्णाली प्रदेशको अध्यक्षमा बिनोश शाह , उपाध्यक्षमा लालबहादुर महतारा , सचिवमा कमल शाही र उपसचिमा रुपा शाही र टेकराज पछाई मनोनित भएका छन् ।