Friday, January 24, 2025

उखुको मूल्य बढाउने सरकारको तयारी,६ सय भन्दा कम तोके उखु खेतमै आगो लगाउने किसानको चेतावनी

पछिल्लाे समाचार


रौतहट , २३ मंसिर //
सरकारले उखुको बिक्री मूल्य बढाउने भएको छ । उखुको यस वर्षको किसान बिक्री मूल्य सिफारिस गर्ने तयारी सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सञ्जेलले यसवर्ष उखुको मूल्य बढ्ने र यसै साता उखुको मूल्य तोक्ने तयारी गरिरहेको बताएका छन् ।

यो वर्ष उखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक रहेको उनको दावी छ । यो वर्ष उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले प्रतिनिधि खटाइएको थियो । प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३० भन्दा बढी अध्ययन नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ।

देशैभरबाट प्राप्त ३ सय नमूनालाई कृषि विभागले अध्ययन गरेको र यसैका आधारमा बिहीबार थप छलफल गरिने मन्त्रालयले जनाएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

महासंघका अध्यक्ष कपिलमणि मैनालीले यो वर्ष उत्पादन लागत निकै बढेको भन्दै ६ सय रुपैयाँ भन्दा कम उखुको मूल्य तोकिए किसानले उखु खेतमै आगो लगाउने उनले चेतावनी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु