Friday, January 24, 2025

ईश्वरपुर घटना छलफलको लागि सीडीओले डाके सर्वपक्षिय बैठक

पछिल्लाे समाचार


सर्लाही , १३ पुष //
ईश्वरपुर घटनाकाे विषयमा छलफल गर्न सर्लाहीमा आएका नया नयाँ प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गाैतमले आज (मंगलबार )मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमै सर्वपक्षिय बैठक बाेलाएका छन् ।

गृह मन्त्रालयबाट आएका गौतम सोमबार राति सर्लाही आइपुगेका हुन्।

आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना प्रहरीले लुकाउन खाेजेकाे र शंकाष्पद देखिएकाे भन्दै ईश्वरपुरका व्यापारीले साेमबार दिनभर बयलबास बजारमा टायर बालेर विराेध प्रदर्शन गरेका थिए ।

आक्राेशित समूहले ईलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा गर्नुका साथै ईलाका प्रहरी कार्यालय हरिपुरकाे जीपमा आगाे समेत लगाईदिएका छन् । प्रहरीले पनि भिड तितरवितर पार्न साेमबार साँझ अश्रुग्याँस प्रहार गरेकाे थियाे ।
मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ ।
प्रदर्शनकारीहरुले मृतकका परिवारलाई २० लाख रूपैंया दिनुपर्ने तथा सत्यतथ्य छानविन गरि दाेषिमाथि कार्बाही गर्नुपर्ने माग राखेका छन् ।
मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले मंगलबार पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

साेमबार सिडिओ नभएकाले प्रहरीले मागका सम्बन्धमा आफुहरुले सिधै सम्बाेधन गर्न नसक्ने बताएपछि प्रदर्शनकारी प्रतिनिधि वार्ता छाडेर हिँडेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु