सर्लाही , १९ मंसिर //
सर्लाहीको एक इलेक्ट्रिक पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
आज विहान करिब साढे ४ बजेको समयमा सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ९ बसपार्क स्थित जलाल अहमदको घरको सटरमा संचालनमा रहेको इलेक्ट्रिक होलसेल पसलमा आगलागी भएको हो।
आगलागीबाट ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।
आगलागी हुँदा पसल पुर्ण रुपमा जलेर नष्ट भएको सर्लाही प्रहरीले जनाएको छ । आगो प्रहरी, स्थानिय र बारुणयन्त्रको सहयोगमा करिब साढे ५ बजे नियन्त्रणमा लिएको प्रवक्ता बुढाथोकीले बताएका छन् ।