रौतहट , ४ मंसिर //
सरकारले आज ( आइतरबार ) देखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउँदैछ ।
यस्तै प्रदेश २ को ५ जिल्लामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म लगाउँने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।सङ्गीता कौशल मिश्रले जानकारी दिए ।
उनले प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइने बताइन।