पर्सा , २ मंसिर //
पर्सा प्रहरीले अपहरण मुद्दाका फरार प्रतिबादीलाई ९ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हाल बहुदरमाई नगरपालिका वडा नम्बर ८ निवासी ६५ वर्षीय बिनोद साहब रहेका छन्।
२०६७ माघ २५ गते पर्सा जिल्ला अदालत र २०६९ चैत १४ गतेको पूनरावेदन अदालत हेटौडाको फैसला बमोजिम ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय पाएका प्रतिबादीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो ।
साबिकको गम्हरिया गा.वि.स वडा नम्बर ३ निवासी दरोगा साह कानुले दिएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन्।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाबाट कानुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका कानुलाई जिल्ला अदालत मार्फत वीरगञ्ज कारागारमा बुझाइएको खनालले जानकारी दिएकक़ छन् ।