पर्सा , २७ मंसिर //
वीरगञ्जको घण्टाघरबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेका छ ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय चन्दन कुमार साह र घडीअर्वा निवासी ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतिर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा स्रोत नखुलेको १८ लाख नगद बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
साहले बोकेको झोलाबाट अवैध रकम फेला परेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकश खनालले बताएका छन् ।
पक्राउ परेका दुवैजनाविरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिएका छन् ।