Thursday, January 23, 2025

सहकारीको मल निजी पसलको गोदाममा फेला , माधोपुरका किसान आन्दोलनमा

पछिल्लाे समाचार


रौतहट , २३ मंसिर //
रौतहटका सहकारी संस्थाहरुले किसानलाई मलखाद नदिई कमिसन लिएर अन्य निजी पसलमा विक्रि वितरण गर्न थालेपछि किसानहरु मारमा परेका छन ।
सहकारी संस्था मार्फत सरकारले किसानलाई सहुलियत दरमा मलखाद उपलब्ध गराउने व्यवस्था गरेको छ । तर सहकारी संस्थाहरुले उपलब्ध मल खाद किसानलाई नदिई कमिसन लिएर अन्य निजी पसलमा विक्रि वितरण गरेपछि किसानहरुले विरोध प्रदर्शन गरेका छन्।

किसान मलखाद नपाएर छटपटाइ रहेको अवस्थामा रौतहटका एक सहकारी संस्थाले अनुदानमा पाएको रासायनिक मल अन्यत्र निजी पसलमा विक्रि गरेको फेला परेपछि किसानहरु विरोध प्रदर्शन गरेका हुन् ।

जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा आयुष कृषि सहकारी संस्थाले किसानलाई सहुलियत दरमा वितरण गर्न भनी सरकारबाट अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र विक्रि गरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।
सहकारीका सञ्चालक धिरेन्द्र भगतले स्थानीय श्याम बिजभण्डारका सञ्चालक श्याम साहसँग उक्त मलखाद विक्रि गरेको किसानहरुले बताएका छन् ।
स्थानीय एक जना किसानले मंगलवार राति ८ बजे श्याम विजभण्डारमा मलखाद किन्न जाँदा त्यसका सञ्चालक श्याम साहले प्रतिबोरा २४ सय पर्ने डिएपी ३ हजार ३ सयमा विक्रि गरेपछि आयुष कृषि सहकारीका सञ्चालक भगतले श्याम विजभण्डारसँग मल विक्रि गरेको पोल खुलेको थियो ।
सञ्चालक भगतको लापरवाहीका कारण किसानले सस्तोमा पाउने मलखाद चर्को मुल्य तिरेर किन्न बाध्य भएका छन् ।कृषि सामग्री कम्पनी लेखिएको आयुष सहकारीको ६२ बोरा रासायनिक यूरिया र डिएपी मल श्याम साहको गोदाममा फेला परेको किसानहरु बताएका छन् ।
रातिमा चोरेर विक्रि गर्नको लागि साहले गोदाममा मलखाद लुकाएर राखेको रहस्य खुलेको छ ।आयुष सहकारीले किसानको मलखाद किसानलाई नदिइ कमिसनको भरमा अन्यत्र विक्रि गरेको भन्दै बुधवार विहान सयौंको संख्यामा गएका किसानहरु सहकारी कार्यालय अगाडि नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

किसानको मलखाद विक्रि गरी किसानको पेटमा लातीहान्ने सहकारीका अध्यक्ष भगतलाई हदैसम्मको कार्यवाही गर्नुपर्ने, किसानको भावनासँग खेलवाड गर्ने सहकारी संस्थाको दर्ता खारेज गर्नुपर्ने एवं सरकारले आफुहरुलाई समयमा प्रयाप्त मलखादको व्यवस्था गर्नुपर्ने माग राख्दै किसानहरु आन्दोलनमा उत्रेका हुन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले किसानको लागि सरकारले उपलब्ध गराएको मलखाद अन्यत्र विक्रि गर्ने जुनसुकै सहकारी संस्थाका पदाधिकारीलाई कार्यवाही गर्ने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु