सर्लाही , २९ मंसिर //
सर्लाहीमा दलित तथा अतिविपन्न परिवारलाई ब्लांकेट वितरण गरिएको छ ।जिल्लाको हरिवन नगरपालिका–८, चापिनीमा दलित तथा अतिविपन्न १६ परिवारलाई ब्लांकेट वितरण गरिएको हो ।
हरिवन नगरपालिका वडा नं. ११ घरभई हाल अमेरिकामा बस्दै आएका शैलेश मैनालीको सहयोगमा चिसोबाट प्रभावित परिवारहरुलाई एक÷एक थान ब्लांकेट सहयोग गरिएको हो । सोही अवसरमा स्थानीय एक जना अशक्त व्यक्तिलाई एक थान ह्वील चेयर प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस हरिवन–८, का वडा सभापति धनराज बुढाथोकी, विनोद महत, गणेश भण्डारी, राजिव मास्के, पन्च लामा, जीवन सुवेदी लगायतको सहभागिता रहेको थियो ।