Thursday, January 23, 2025

सर्लाहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , १२ पुष //
सर्लाहीको ईश्वरपुर नगरपालिका ७ केशरीमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति करिब ९ बजेको समयमा ना ४३ प ५०१८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सरकारी नम्बरको ट्रकमा ठोक्किँदा अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको ती पुरुषलाई उपचारका लागि मलंगवास्थित जिल्ला अस्पतालमा ल्याएपनि उपचारकै क्रममा सभा १० बजेतिर उनको मृत्यु भएको हो।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।प्रहरीका अनुसार मृतकको नाम खुल्न नसकेको कारण सनाखत हुन सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु