सर्लाही , १८ मंसिर //
सर्लाहीमा एक पुरुष को शव फेला परेको छ।
सर्लाहीको फुलपराशी र गोडैतालाई जोड्ने हुलाकी सडक छेउको नहरमा शुक्रवार दिउँसो कौडेना गाउँपालिका लक्ष्मीपुर निबासी राम ईश्वर राउतका ३० वर्षीय छोरा शत्रुधन राउतको शव फेला परेको हो।
शत्रुधन घरको छानो बनाउने(घरामी)काम गर्ने मजदुर रहेको र बिहिवार बिहान ७ बजे काम गर्न गएको मृतकका बुवा रामईश्वरले बताएका छन्।
छोरा राती घर नआए पछि चारै तिर खोज्दा पनि पत्ता नलागेको र भोली पल्ट शुक्रवार बिहान पनि खोज्दा कुनै जानकारी नआए पछि साँझ त घर आउँछ होला भनि दैनिक काममा लागेर दिउँसो खेतमा काम गर्दै गर्दा गाउँका केही व्यक्तिहरुले फुलपरासी र गोडैताको बीचमा पर्ने सडक छेउको नहरको पानीमा एक पुरुषको शव फेला परेको छ भन्ने थाहा पाए पछि हेर्न जाँदा उक्त शव आफ्नै छोराको रहेको रामईश्वरले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।