Thursday, January 23, 2025

सर्लाहीको क्षेत्र नं. ४ मा कांग्रेसको क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित

पछिल्लाे समाचार


सर्लाही , २२ मंसिर //
सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा रामआश्रय साह निर्वाचित भएका छन् ।

सभापतिका अर्का उम्मेदवार हरेन्द्र सहनीलाई पराजित गर्दै साह क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।

संस्थापन पक्षका साहले ५१७ मत ल्याएका छन् भने संस्थापन इतर पक्षका सहनीले २२७ मत ल्याएका छन् ।

बिजयी साह संस्थापन पक्षका वीरेन्द्र प्रसाद सिंह र पराजित भएका सहनी संस्थापन इतर पक्षका डा. अमरेश कुमार सिंहको तर्फबाट उम्मेदवार बनेका थिए ।

क्षेत्र नं. ४ को हिजो गोडैतास्थित रामवनमा मतदान भएको थियो ।क्षेत्र नं. ४ मा सांसद डा. अमरेश कुमार सिंह आफै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु